समाचार

मौसममा सुधार आएपछि अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा

१८ मंसिर, काठमाडौं । मौसममा सुधार आएपछि अन्तर्राष्ट्रिय उडान पुनः पुनः सञ्चालनमा आएको छ । आज बिहान खराब मौसमका काम अवरुद्ध उडान केहीबेर अघिमात्रै सञ्चालनमा आएका हुन् । बिहान साढे ६ र ७ बजे अवतरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका एयर अरेबिया र फ्लाई दुबइको जहाजले करिब एक घन्टा आकाशमा फन्को मारेका थिए ।

अवतरण गर्न नसकेपछि फ्लाई दुबइ लखनउ विमानस्थलतर्फ डाइभर्ट भएका थिए भने भने एयर अरेबिया करिब ९ बजे मात्र त्रिभुवन विमानस्थलमा अवतरण भएको छ । मौसम प्रतिकुल भएकाले विहानी समयका उडानमा अवरोध पुगेको विमानस्थल कार्यालयले जनाएको छ ।