मनोरञ्जन

रानीको गीतमा भुवनको मैसाव बनिन मोडेल सृष्टि खड्का (भिडियो)

१८ मंसिर, काठमाडौं । नेपाली चलचित्रका सदाबहार नायक भुवन के सी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सुशिल पौडेल र तिलक प्रताप चन्दको शब्द रचना, रानी शाक्य र कृष्ण भारद्वाजको स्वर रहेको गीत घरमा आइसियोस न मा नायक भुवन के सी र मोडेल सृष्टि खड्काको अभिनय रहेको छ ।

प्रेमिल शैलीको उक्त गीत भिडियोमा नायक के सी मैसाव सृष्टिलाइ भेट्न घोडचडी देखि, दरवारसम्म पुगेको कथावस्तु प्रस्तुत गरिएको छ । घरमा आइसियोस न गीतमा कृष्ण भारद्वाजको म्युजिक कम्पोज र बिशम आचार्यको एरेन्जमेन्ट रहेको छ ।

सन्तोष राजबाहकको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ । भिडियोलाइ गायिका रानी शाक्यको युट्युब च्यानल  (Rani Shakya)  मार्फत सार्वजनिक गरिएको हो ।

गितको भिडियोः