अन्तर्राष्ट्रिय

काबुलको तैमानी क्षेत्रमा विस्फोट

१८ मङ्सिर सिन्ह्वा । अफगानिस्तानको राजधानी काबुलको तैमानी क्षेत्रमा शनिबार विस्फोट भएको छ । यस विस्फोटमा परी कैयौ व्यक्ति हताहत भएका आशंका गरिएको स्थानीयले जनाएका छन् ।

यस विस्फोटमा कुन समूहको हात छ सो प्रष्ट भएको छैन् । यद्यपी यस समाचारको विस्तृत विवरण भने हालसम्म प्राप्त भएको छैन् ।