समाचार

२४ घण्टे कोरोना अपडेटः ३ सय ५७ निको, २६५ संक्रमीत थप २ को मृत्यु

२० मंसिर, काठमाडौं । नेपालमा आज ३ सय ५७ जनाले कोरोना संक्रमण जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ सय ६५ संक्रमीत थपिँदा ३ सय ५७ जना संक्रमणमुक्त भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ संक्रमीतको मृत्यु भएको छ । आज थपिएका संगै नेपालमा ९ लाख १८ हजार ४ सय ४९ पुगेका छन् ।

भने मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४३ पुगेको छ भने ८ लाख ४ हजार १ सय १ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा अहिले ६ हजार ३ सय ८६ जना सक्रीय संक्रमीत रहेका छन् ।