समाचार

नेता सिंहको दाबीः म नै सर्वसम्मत सभापतिको उम्मेदवार बन्छु

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशालि नेता प्रकासमान सिंहले आफुले मात्रै कांग्रेसलाई बलियो पार्टी बनाउन सक्ने बताएका छन् ।

आज काठमाडौंको रामशाहपथस्थित एक पार्टी प्यालेसमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका नेता सिंहले यस्तो बताएका हुन् । साथै उनले आफु संस्थापन ईतर समुहबाट सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार बन्ने दाबी समेत गरेका छन् ।

उनले आफू स्वाभाविक उम्मेदवार भएको कारणले पनि पार्टीमा सभापति बन्ने पालो आफ्नो भएको समेत बताएका छन् । नेतृत्व पाएमा कांग्रेसलाई बलियो बनाउन आफु पुरै सक्षम रहेको नेता सिंहको भनाई छ ।

पार्टीलाई सुदृढ, संस्थागत, विधि, नियमसम्मत तरिकाबाट अघि बढाउन र पार्टीमा आउने दिनका समस्याहरुलाई विधिवत तरिकाबाट समाधान गर्न सक्ने सक्षम पार्टीको रुपमा आफ्नो अनुभवबाट सबैलाई मिलाएर पार्टीलाई अघि बढाउने क्षमता भएको हुनाले आफ्नो नाममा सहमति आउँछ भन्नेमा आफु ढुक्क रहेको समेत बताएका छन् ।