समाचार

कांग्रेस सहमहामन्त्रीमा जिवन परियारको उम्मेदवारी घोषणा

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज आयोजित पत्रकार सम्मेलन उनले पार्टीको १४औँ महाधिवेशनमा (दलित कोटा)बाट आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।

“हाल पार्टीको विधान अनुसार दलितको पनि पदाधिकारीमा सहभागिता हुने गरी सहमहामन्त्री पद राखिएको छ, समावेशी क्लस्टर अनुसार सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेको हुँ”, उनले भने । उनि पार्टीको दुई कार्यकाल केन्द्रीय सदस्य बनेका थिए ।