प्रदेश 1

प्रदेश नम्बर १ का संसदीय दलका नेता कोईरालाले दिए केन्द्रीय सदस्यमा उम्मेद्वारी

२२ मंसिर, काठमाडौं । नेपाली काँग्रेस प्रदेश नम्बर १ का संसदीय दलका नेता राजीव कोईरालाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् । प्रदेश सभापतिका लागि गुरुराज घिमिरेले रामचन्द्र पौडेल–कोईराला प्प्यानलबाट पाएपछि निर्बतमान सुनसरी जिल्ला काँग्रेस सभापति कोईरालाले केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका हुन् ।
दुइपटक नेपाली काँग्रेस सुनसरी जिल्ला कार्यसमिति सभापतिमा काम गरेपछि पुनः सभापतिमा निर्बाचन लड्न नपाईने काँग्रेसको बैधानिक ब्यवस्थाअनुसार तेस्रो पटक नलडेका कोईरालालाई काँग्रेसका पौडेल–कोईराला पक्षबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिन समूहमा राखेको छ ।
देशभर जम्म २३ सीट प्रतिनिधि सभा क्षेत्रमा काँग्रेस बिजयी हुँदा तीनवटा प्रतिनिधि सभामा बिजय गराउन सफल नेता कोईरालाले स्थानीय तहका १२ मध्ये ९ स्थानीय तहमा बिजय गराउन सफल भएका थिए । सामाजिक सञ्जालमा प्रदेश सभापतिको टिकट कोईरालालाई नदिएको भन्दै पौडेल पक्षले आलोचना खेपेको अवीथामा नेबिसंघका पूर्व अध्यक्षसमेत रहेका गुरुराज घिमिरेले पाए तर अन्त्यमा पराजीत भोगे । गुरुराज घिमिरेले जम्म दुई मतले पराजीत भोगेको अवस्था भएपनि राजीव कोईराला मैदानमा भएको भए निश्चिय र्नै बिजय हाँसिल गर्ने दाबी प्रदेश नम्बर १ का काँग्रेस नेता कार्यकर्ताले गर्ने गरेका छन् ।
काँग्रेसलाई गुटबन्दीरहित ढंगले संचालन गर्नुपर्छ भन्ने भावनाका सामथ राजनीतिमा होमिएका कोईरालालाई सुनसरीका नबनिर्बाचित काँग्रेस जिल्ला सभापति केदार भण्डारीकोमात्र नभएर पराजीत सभापति संजय प्रसाद श्रेष्ठकोसमेत केन्द्रीय सदस्यमा समर्थन रहेको जील्लाका नेताहरुको दाबी छ ।