समाचार

निधि भन्छन्ः म सभापतिको उम्मेदवारबाट पछि हट्दैन

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफू सभापतिको उम्मेदवारीबाट पछि नहट्ने बताएका छन् । पार्टीको १४ औं महाधिवेशन सुरु हुने अघिल्लो दिन आज पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै निधिले यस्तो बताएका हुन् ।

निर्वाचनपछि कांग्रेसको एकल सरकार बनाउने आफ्नो एजेन्डा भएको समेत निधिले बताएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन भोलिदेखि सुरु हुँदैछ । उनले केन्द्रमा पनि निर्विरोध नेतृत्व चयन हुन आवश्यक रहेको बताएका छन् ।