२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बिहान बोलाईएको बैठक ढिला गरि केहिबेरअघिदेखी सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो । यस्तै पदाधीकारी थप्ने प्रस्तावबाट असन्तुटि जनाउँदै वरिष्ठ नेता रामचन्द पौडल सहितका अन्य नेता उपस्थित नहुने भएपछि संस्थापन पक्ष उक्त प्रस्तावबाट पछि हटेको छ ।

चौधौं महाधिवेशनको पुर्वसन्ध्यामा कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता पौडेलसहित अन्य नेताहरू सहभागी नभएपछि उक्त प्रस्ताव पेस नहुने एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । तेस्रो पुस्ताका नेताहरूलाई मिलाउन सहमहामन्त्रीको संख्या थप्न छलफल सुरु भएको थियो ।

तर यस बिषयमा वरिष्ठ नेता पौडेल असहमत थिए । देउवा पक्ष र पौडेल पक्षमा आगामी महाधिवेशनबाट केही सहमहामन्त्री थप्ने गरी विधान संशोधन गर्नुपर्ने आवाज उठिरहेको छ ।





