समाचार

राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

२३ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगको २०७७र७८ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरेको हो ।