राजनीति

भाजपा नेता हर्ष वर्धनले भनेः आजसम्म एउटै मञ्चमा यतिधेरै पुर्वप्रधानमन्त्री देखेको थिएन

२४ मंसिर, काठमाडौं । भारतीय जनता पार्टीका नेता डा. हर्षवर्द्धनले आफ्नो जीवनमा पहिलोपटक एउटै मञ्चमा यति धेरै पुर्व प्रधानमन्त्री देखेको बताएका छन् ।

नेपाली काँग्रेसको १४औं महाधिवेशनमा मन्तव्य दिदै उनले भने,‘मेरो जीवनमा यति धेरै प्रधानमन्त्री एउटै मञ्चमा पहिलोपटक देखें, अर्को दलको महाधिवेशनमा शुभकामना दिन अर्को दलका यति धेरै वरिष्ठ नेताहरु पहिलोपटक देखें ।’

राजनीतिका लागि ठूलो मन हुनुपर्ने अटल विहारी वाजपेयीको भनाई उदृत गर्दै नेपाली नेताहरुको विशाल हृदय भएको बताएका छन् । हर्षवर्द्धनले दिल र दिमागको सम्बन्ध नेपाल र भारतबीच रहेको बताए ।

उनले हिन्दुत्वले पनि दुई देशको सम्बन्धलाई गहिरोसँग जोडेको बताए । नेपालमा पीडा हुँदा भारतलाई पनि पीडा हुने गरेको बताए ।