राजनीति

नेतालाई चोर भन्छन् भन्नु, अधिनायवाद लाद्ने षढ्यन्त्रः अध्यक्ष दाहाल

२४ मंसिर, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल लाहालले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई कडा जवाफ फर्काएका छन् । नेपाली कांग्रेसको आजदेखी सुरु भएको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोेधन गर्दै लिङदेनले गाउँमा नेतालाई चोर भन्न थालिसके भनेका थिए ।

लिङदेनको उक्त प्रतिक्रियाको जवाफ दिँदै दाहालले गाउँमा नेतालाई चोर भन्छन भन्नु, अधिनायवाद लाद्ने षडयन्त्र भएको बताएका छन् । अध्यक्ष दाहालले त्यस्तो भनाइ लोकतन्त्रका लागि लड्नेहरूलाई बदनाम गरेर अधिनायवाद लाद्ने षडयन्त्र भएको बताएका हुन् ।अ

ध्यक्ष दाहालले देशको राजनीतिक समस्या समाधानका लागि दलहरु एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् । समारोहमा बोल्दै उनले एक्लै हिँड्ने अहंकारले ओरालो यात्रा सुरु हुने इतिहास सम्झाएका छन् । साथै उनले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालालाई पनि सम्झीएका छन् ।

कांग्रेसका पूर्व सभापति कोइरालाले विस्तृत शान्ति सम्झौतामा गरेको योगदानको उनले स्मरण गरे र शान्ति मार्गमा अहिले पनि हिँडिरहेको बताएका छन् ।