२४ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ४ सय ८७ जनाको परीक्षण गर्दा २ सय ५९ जनामा संक्रमण पुष्टी भएको हो ।
त्यस्तै सोही अवधिमा ३ सय ३७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या ५ हजार ९ सय ९७ रहेको छ ।
२४ घण्टाको अवधिमा संक्रमण भएका ३ जनाको मृत्यु भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ५ सय ५२ जनाको मृत्यु भइसकेको छ।





