खेलकुद

पुबुदु बने राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक

२५ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुबुदु दासानायकेलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बिहान बसेको क्यानको बोर्ड बैठकले दासानायकेलाई मुख्य प्रशिक्षकको रुपमा अनुमोदन गरेको हो । क्यानले पुबुदु सहित ५ जना प्रशिक्षकको नाम आईसीसीमा सिफारिस गरेको थियो ।

आईसीसीको राय अनुसार क्यानले राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षकलाई सोही जिम्मेवारीमा फर्काउने निर्णय गरेको हो । पुबुदुलाई मुख्य प्रशिक्षक बनाउने क्यानको तयारीको समाचार यसअघिनै प्रकाशित भैसकेको थियो ।

क्यानका पदाधिकारीले समेत अनौपचारिक रुपमा यसलाई पुष्टि गरेका थिए । तर आज क्यानको बोर्ड बैठकले पुबुदुको नामलाई मुख्य प्रशिक्षकको रुपमा अनुमोदन गरेको हो । शुक्रबार मात्र पुबुदुले आफु पुन नेपालको राष्ट्रिय टिममा फर्कन पाउँदा उत्साहीत रहेको प्रतिक्रिया दिएका थिए ।