समाचार

मानबहादुर विश्वकर्माले गरे सहमहामन्त्रीमा उम्मेद्वारी दर्ता

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदका लागि मानबहादुर विश्वकर्माले उमेदवारी दर्ता गराएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा स्थापित कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर उनले उक्त पदका लागि उमेदवारी दर्ता गराएका हुन् ।

आफूले शेरबहादुर देउवाको प्यानलबाट उमेदवारी दर्ता गराएको विश्वकर्माले दाबी गरेका छन् । पार्टीको महाधिवेशनअन्तर्गत आज बिहान १० देखि बेलुका ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।