मनोरञ्जन

नेशन र ममताको आवाजमा तिमी मेरो जीवनमा सार्वजनिक (भिडियो सहित)

२५ मंसिर, काठमाडौं । भावसागर इन्टरटेन्मेन्टको प्रस्तुतिमा म्युजिक भिडियो तिमी मेरो जीवनमाु सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त गीतमा नेशन पुन र ममता गुरुङको आवाज रहेको छ । नेशन पुन र ममता दुवै नेपाल आइडल सिजन ३ बाट चर्चामा आएका प्रतिस्पर्धी हुन् । गीतमा शब्द रचना अम्बिका गुरुङले गरेकी हुन् । शंकर थापा स्माइलुको लय सिर्जना र सन्देश रुचालको सङ्गीत संयोजन गीतमा समावेश छ ।

भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन् । रोमान्टिक भाव बोकेको तिमी मेरो जीवनु को छायाङ्कन भने म्याग्दीको राखु भन्ने ठाउँमा गरिएको हो । भिडियोमा राखुका रमणीय दृश्यहरू कैद गरिएको छ । भिडियोमा निशल पौडेलको सिनेम्याटोग्राफी रहेको छ भने पोस्ट प्रोडक्सन र्याड स्टुडियोमा गरिएको हो ।

सुधीर श्रेष्ठ र सुशीला थापा भिडियोमा फिचर्ड छन् । सुधीर अहिलेका म्युजिक भिडियोका व्यस्त मोडल हुन् । यता सुशीला थापा पनि भावसागर इन्टरटेन्मेन्ट कै प्रस्तुति रहेको गीत कति माया गर्छौु बाट चर्चामा आएकी हुन् । सार्वजनिक भिडियोलाई भावसागर इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलबाट हेर्न सकिन्छ ।

गितको भिडियोः