समाचार

सभापतिमा युवराज न्यौपानेले गरे उम्मेद्वारी दर्ता

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा सभापतिका लागि दोस्रो उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेसका क्रियाशील सदस्य युवराज न्यौपानेले केन्द्रीय सभापति पदका लागि उमेदवारी दर्ता गराएका छन् । यसअघि कल्याण गुरुङले सभापतिमा उम्मेद्वारी दर्ता गराएको थिए ।

सभापतिमा उम्मेद्वारी दर्ता गराउनेमा न्यौपाने दोस्रो नम्बरमा परेका छन् । यद्यपी प्रकाशमान सिंहले पनि सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । आज दिउँसो काठमाडौंको राष्ट्रिय सभागृहमा १४औँ महाधिवेशनका लागि स्थापित कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर न्यौपानेले उमेदवारी दर्ता गराएका हुन् ।

गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर–८ का ४० वर्षीय उनी ०६२ सालका क्रियाशील सदस्य हुन् । पछिल्लो समय व्यापार–व्यवसायमा संलग्न छन् । ०५७ देखि २०६० सम्म माध्यमिक शिक्षक भएर काम गरेका उनी चीनको जनसम्पर्क समितिका संस्थापक महामन्त्री हुन् ।