राजनीति

कांग्रेस सभापतिको उम्मेद्वारबाट न्यौपाने ब्याकः शेखरलाई समर्थन गर्ने

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी घोषणा गरेका युवराज न्यौपाने पछि हटेका छन् । सभापतिका अर्का उम्मेद्वार शेखर कोईरालालाईै समर्थन गर्ने भन्दै उनले सभापतिको उम्मेद्वारबाट आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् ।

न्यौपानेले उम्मेद्वारी फिर्ता लिएसंगै अब कांग्रेस सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङ भिड्ने भएका छन् । शेखरसँग युवाहरूको टिम भएकाले आफू त्यही टिमलाई समर्थन गर्ने न्यौपानेले बताएका छन् ।

आफूले उठाएका मुद्दाका २८ वटा बुँदाहरुलाई कोइरालाले आत्मसाथ गर्ने प्रतिबद्धता गरेपछि समर्थन गर्ने निर्णयमा पुगेको न्यौपानेले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । गोरखा निवासी कोइराला तरुण दलका नेता समेत हुन् ।