२६ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पोलिटव्युरो गठन गरेको छ । विधानअनुसार एमालेमा ९९ सदस्यीय पोलिटव्युरो रहने व्यवस्था छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ८० जना पोलिटव्यूरो सदस्य प्रस्ताव गरेका हुन् ।
जसमा घनश्याम भूसाल, गुरु बराल, देवराज घिमिरे, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, यमलाल कँडेल, राजन भट्टराई रहेका छन् ।
यस्तै, सिता पौडेल, अग्नि खरेल, प्रभु साह, बिन्दा पाण्डे, गोरखबहादुर बोगटी, कर्ण थापा, राजेन्द्र गौतम, थममाया थापामगर, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे, हिक्मत कार्की, गोकुल बाँस्कोटा, महेश बस्नेत, अरुण नेपाल, देवी ज्ञवाली, परशुराम मेघी गुरुङ लगायत रहेका छन् ।





