२६ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भिम रावल बाहेक ४५ सदस्यीय स्थायी कमिटी गठनका लागि नाम प्रस्ताव गरेका छन् । भक्तपुरमा जारी एमालेको केन्द्रीय समिति बैठकमा ओलीले पदाधिकारीमा नअटाएका शीर्ष नेताहरूलाई समेटेर स्थायी कमिटी गठनका लागि नाम प्रस्ताव गरेका हुन् ।
स्थायी कमिटीका लागि प्रस्तावित सूचीमा ओलीले एमाले अध्यक्षमा आफुसंग प्रतिस्पर्धा गरेका भीम रावलको नाम भने राखेका छैनन् । तर, ओलीले उपाध्यक्षमा प्रतिस्पर्धा गरेका घनश्याम भुसाललाई भने स्थायी कमिटीमा समेटेका छन् ।
१९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम प्रस्ताव भएको एक नेताले जानकारी दिएका छन् । स्थायी कमिटीमा प्रस्ताव गरिएका नेताहरुमा घनश्याम भुसाल, गुरु बराल,भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशिनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल रहेका छन् ।
यस्तै मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई,सीता पौडेल, विन्दा पाण्डे, गोरख बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थाममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे र हिक्तम कार्कीको नाम ओलीले स्थायी कमिटीका लागि प्रस्ताव गरेका छन् ।





