राजनीति

शशांकको प्रष्टोक्तिः म कुनै गुटलाई प्रतिनिधित्व गर्दिन

२७ मसिर, काठमाडौं । नेपाली कांग्रेस नेता शशांक कोईरालाले आफुले कुनैपनि गुटलाई प्रतिनिधित्व नगर्ने प्रस्ट पारेका छन् । मतदान स्थल भृकुटीमण्डपमा पत्रकारसंगको कुराकानीमा नेता कोईरालाले आफु कुनै कुटमा नभएको र कांग्रेस एक होस भन्ने आफ्नो चाहना रहेको बताएका छन् ।

उनले भने म कुनै गुटलाई प्रतिनिधित्व गर्दिनँ,’ उनले भने, ‘म त चाहन्छु कांग्रेस एक होस् । त्यसेले दुवै गुटले मलाई मन पराएको छ जस्तो लाग्छ ।’

नयाँ नेतृत्वका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका नेता कोइरालाले यस्तो बताएका हुन् । रामचन्द्र पौडेल समूहमा रहेका उनी सभापतिका आकांक्षी थिए, तर साझा उम्मेदवारका लागि दाबी छाडेका थिए ।

प्रकाशमान सिंहले छुट्टै उम्मेदवार दिएका छन् भने शेखर कोइरालाको नेतृत्वमा प्यानल बनेको छ । शांकलाई सभापतिका उम्मेदवारद्वय शेरबहादुर देउवा र शेखर कोइराला दुवैका समूहले आफ्नो सूचीमा समावेश गरेका छन् ।