राजनीति

मतदान पछि प्रकाशमानको दाबीः सभापति मैले नै जित्छु

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेस सभापतिका उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेका छन् । राष्ट्रिय सभा गृहमा पुगेर उनले मतदान गरेका हुन् ।

साथै मतदान पछि सिंहले सभापतिमा आफुले नै जित्ने दाबी गरेका छन् । पार्टीमा सबैको चाहना नेतृत्व परिवर्तन भएको भन्दै सभापतिमा आफु नै विजयी हुने सिंहले दाबी गरेका हुन् ।

साथै सिंहले दोस्रो चरणमा निर्वाचन भएमा वर्तमान सभापति शेरबहादुर देउवालाई हराउने पनि दाबी गरेका छन् । पहिलो चरणमै आफु विजयी हुने भन्दै पहिलो चरणमा नतिजा ननिस्केनमा दोस्रो चरणमा नेतृत्व परिवर्तन हुने बताएक छन् । उनले दोस्रो चरणमा देउवाविरुद्ध आफूहरु मिलेर लड्ने कुराको संकेत गका छन् ।

हाल सभापतिमा पाँच जना उम्मेदवार रहेका छन् । सभापतिमा देउवासँगै शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ सभापतिको दावेदार रहेका छन्।