राजनीति

कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि मतदान जारीः ६ सय मत खस्यो

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि अहिले मतदान जारी छ । काठमाडौंको राष्ट्रिय सभागृह र भृकुटीमन्डप गरि दुई स्थानमा मतदान भइरहेको हो । कांग्रेसको सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

राष्ट्रिय सभागृहमा एक र भृकुटीमन्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ । तीनवटै स्थानमा गरेर दिउँसो २ बजेसम्म ६०० मत खसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । बिहान ८ बजेदेखि गर्ने भनिएको मतदान मध्याह्न करिब १२ बजेदेखि मात्रै सुरु भएको थियो । कांग्रेसमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि ४७२३ जना महाधिवेशनले मतदान गर्नेछन् ।

धेरै उम्मेदवार भएकाले मतदान गर्नलाई एक जनालाई ४५ देखि ५५ मिनेटसम्म लागेको निर्वाचन समितिले जनाएको छ । केन्द्रीय समितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि ४८० जना भन्दा धेरै उम्मेदवार छन् ।