अन्तर्राष्ट्रिय

अमेरिकामा गोली प्रहार एकको मृत्यु, १४ घाइते

२७ मङ्सिर एएनआई । अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा एक जनाको मृत्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा भएको घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

घाइते भएका मध्ये एक जनाको घटनास्थलमै मृत्यु भएपनि बाँकी तीन जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरुको भनाई छ । सवै घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घटना आइतबार राती भएको हो । भिडभाड र हल्ला भइरहेको बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेको अधिकारीहरुले जानकारी दिएका छन् । घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ ।