राजनीति

कांग्रेस महाधिवेशनः १३ सय वढी मत खस्यो, राष्ट्रिय सभा गृहको केन्द्रमा मतदान रोकियो

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि आज भएको मतदानमा १३ सय ६५ भन्दा बढी मत खसेको छ । ११ बजेदेखि सुरु भएको मतदानमा ३ः४५ बजेसम्म उक्त मतदान भएको हो ।

कांग्रेस महाधिवेशनमा १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नयाँ नेतृत्वका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदान भइरहेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रिय सभा गृहमा ५१३ र भृकुटीमण्डपका दुई स्थानमा ८५२ मत खसेको छ ।

यसैबिच मतपत्र सकिएपछि राष्ट्रिय सभा गृहको मतदान केन्द्रमा मतदान रोकिएको छ । निर्वाचन समितिका अनुसार मतादनका लागि केन्द्र तर्फ गएका महाधिवेशन प्रतिनिधिहरुलाई अहिले रोकिएको छ । प्रतिनिधिहरुले अहिले हो–हल्ला गर्दै मतदान किन रोकिएको भन्दै नाराबाजी गरेका छन् ।