२७ मंसिर, काठमाडौं । अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको आपत्तिजनक अभिव्यक्तिप्रति विवेकशील साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विगतमा दुई पटक मुलुकको शासन सत्ताको बागडोर सम्हालिसकेका र वर्तमान सत्ता गठबन्धनमा अर्थ मन्त्रालय समेतको नेतृत्व गरेको पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले हालै धितोपत्र बोर्डस् साम्राज्यवादको विकसित रूप भनी दिएको अभिव्यक्ति पूर्णतः गैह्र जिम्मेवारपूर्ण र अनुत्तरदायी रहेको ठहर गर्दै विवेकशील साझाले त्यसप्रति खेद व्यक्त गरेको छ ।
विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले आज विज्ञप्तिा वारी गर्दै अध्यक्ष दाहालको उक्त अभिव्यक्तिप्रति खेद प्रकट गरेका छन् । पुँजी बजारका विषयमा वामपन्थी अझ खास गरी माओवादी पृष्ठभूमिका नेताहरूबाट पटक पटक असहिष्णु टिप्पणी सार्वजनिक हुँदै आएको विज्ञप्तिामा उल्लेख छ । साथै आफ्नो अभिव्यक्तिले बजारको मनोविज्ञानलाई कस्तो असर पार्छ भन्ने कुराको गहिरो हेक्का नराखी शेयर बजारलाई जुवा घर करार गर्नेदेखि साम्राज्यवादको विकसित रूपको संज्ञा दिने कार्य उच्च राजनीतिक नेतृत्वमा रहेको अल्पज्ञान र सङ्कुचित सोचाइको उपज भएको विवेकशील सझाले बताएको छ ।
साझाले पुँजी बजार कुनै बाह्य प्रभावविना आफ्नै लय र गतिमा चलायमान हुनुपर्ने भन्दै बजार दुर्घटनामा पर्यो भने अरू धेरै क्षेत्रमा गहिरो असर र्ने र अर्थतन्त्र दुष्चक्रमा फस्न जाने बताएको छ । यस तथ्यलाई मनन गर्दै आफ्नो भनाई तत्काल सच्याउन र आइन्दा संवेदनशील र जिम्मेवार रूपमा प्रस्तुत हुन पनि दाहाललाई विवेकशीलले सुझाव दिएको छ ।
त्यसै गरी, पुँजी बजारलाई नियमन गर्ने निकायहरू लामो समय नेतृत्वविहीन रहँदा नीतिगत कामकारबाही अलपत्र परेको छ भने बजारले उनीहरूबाट प्राप्त गर्ने ढाडस पाउन सकेको छैन । धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष र स्टक एक्सचेञ्ज ९नेप्से० को प्रमुख कार्यकारीमा योग्य व्यक्ति अविलम्ब नियुक्त गर्न विवेकशील साझा पार्टी सरकारसँग माग गरेको छ ।





