२७ मंसिर, काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३४१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३४१ जनामा कोभिड संक्रमण पुष्टि गरेको हो ।
पछिल्लो २४ घन्टामा १३ हजार २३६ नमूनाको परीक्षण गरिएको थियो । जसमध्ये १० हजार ४१६ नमूनाको पीसीआर र २८ सय २० नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरेको थियो । ३१३ जनाको पीसीआर र २८ जनामा एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।
सोमबार कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५५७ पुगेको छ । मन्त्रालयका अनुसार थप ३७६ जना डिस्चार्ज भएका छन् ।
यो सहित कोरोनाबाट निको हुनेको संख्या ८ लाख ७ हजार १५४ पुगेको छ । हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ८२४ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ लाख ८७ हजार ६६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।





