२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल सबैको नेता भएको बताएका छन् ।
रामचन्द्र पौडेलले आज महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापान कार्यक्रममा सहभागी जनाउँदै प्रधानमन्त्री समेत रहेका देउवाले रामचन्द्र सबैको नेता भएको बताएका हुन् । साथै उनले कुनै एक व्यक्तिको विरोध गरेर पार्टी एकता नहुने भन्दै एक भई अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् ।
उनले अहिलेको आवस्यकता पार्टीलाई एक बनाएर लैजानुपर्ने रहेको समेत बताएका छन् । चियापान सुरु हुन लाग्दा केही समय महाधिवेशन प्रतिनिधिले नाराबाजी गरेका थिए । नाराबाजी साम्य भएपछि देउवाले अहिलेको आवश्यकता पार्टीलाई एक बनाएर लैजानु भएको भन्दै कुनै व्यक्तिको विरोध गरेर पार्टी एकता हुन्छ ?’ भन्ने प्रश्न गरेका थिए । उनले पौडेलले अँझै देशका लागि ठुलो भूमीका निर्वाह गर्न बाँकी रहेको बताएका थिए ।
प्रधानमन्त्री एवं सभापति देउवाले लोकतन्त्रलाई सुढृढ बनाउन कांग्रेस बलियो हुनुपर्ने बताएका छन । पार्टीको कार्यक्रममा उनले प्रजातन्त्र बलियो बनाउन कांग्रेसका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताएका हुन् । “पार्टीभित्रको निर्वाचनमा हारजित हुन्छ, प्रजातन्त्र र पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्छ,” उनले भने । उनले पार्टीभित्र अनुशासन र सम्मान गर्ने परम्पार कामय राख्नुपर्नेमा जोड दिएका छन् ।
सभापति देउवाले आफूहरु सँगसँगै लोकतन्त्र प्राप्तिका लागि सङ्घर्ष र जेलजीवन बिताएको प्रङ्सँग उल्लेख गर्दै महान् नेताले बोलाएको चियापानमा आउन पाउदा आफूलाई भाग्यमानी ठानेको बताएका थिए । पार्टीका वरिष्ठ नेता पौडेलले पार्टीभित्रको गलत प्रवृत्तिका विरुद्धमा आफ्नो लडाइँ सधै जारी रहने बताएका छन् । “मुलुकमा स्थायित्व, विकास र सुशासन दिन म सधैँ तत्पर रहन्छु, पार्टीको महाधिवेशनमा उम्मेदवार नभए पनि राजनीतिबाट आफूलाई अलग राखेको छैन,”– उनले भने ।





