२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । आज बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवारहरूले बहुमत नपाएपछि पुनः मतदान हुने भएको हो । कांग्रेस निर्वाचन समितिका अनुसार मतदान आज दिउँसो साढे तीन बजेदेखि हुने छ । सोमबार मतदान भएका तीन स्थानबाट नै मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
पहिलो चरणको मतदानमा शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाएपनि बुहमत पु¥याउन सकेनन् । कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । यसैबिच सभापतिका अर्का उम्मेद्वार प्रकाशमानले देउवालाई समर्थन गर्ने निर्णय गरेका छन् ।
आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । जसमा देउवाले २२५८ मत मात्र पाएका थिए । उनलाई सभापति निर्वाचित हुन ८२ मत कम परेको थियो । दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डाक्टर शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । कोइरालाले १७४९ मत ल्याएका छन् ।





