समाचार

देउवालाई प्रकाशमान, विमलेन्द्र र कल्यानको साथ, एक्लिए शेखर

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापतिमा उम्मेद्वार शेरबहादुर देउवा झनै बलियो बनेका छन् । सभापतिमा अन्य तिन उम्मेदवारको साथ पाएका देउवा सभापतिको निर्वाचन दोस्रो चरणमा प्रवेश गर्दा बलियो बनेका छन् ।

कांग्रेसमा सभापतिका लागि सबैभन्दा धेरै भोट ल्याएका शेरबहादुर देउवालाई तेस्रो, चौथो र पाँचौं स्थानमा भोट ल्याउनेले समर्थन गर्ने बाचा दिएका छन् । उनलाई सभापतिका उम्मेद्वार प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्यान गुरुङले समर्थन गर्ने भएका छन् ।

यो संगै सभापतिमा देउवालाई टक्कर दि उभिएका शेखर कोईराला भने एक्लीएका छन् भने देउवाको अगाडी कमजो।र देखिएका छन् । २२५८ मत ल्याएका देउवालाई ३७१ मत ल्याएका प्रकाशमान सिंह, २४९ मत ल्याएका विमलेन्द्र निधि र केबल २० मत ल्याएका कल्याण गुरुङले दोस्रो चरणको निर्वाचनमा साथ दिने घोषणा गरेका हुन् ।

योसँगै दोस्रो चरणको निर्वाचनमा देउवा हावी हुने अब पक्का नै भएको छ । अब देउवाको पक्षमा २८ सयभन्दा धेरै भोट भएको छ । यसअघि देउवाको विद्रोह गरेका विमलेन्द्र अन्तिमा उनैसँग मिलेका छन् । भने संस्थापन इतरसँग नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै विद्रोह गरेका प्रकाशमान पनि देउवाकै पक्षका पुगेका छन् ।

पहिलो चरणको निर्वाचनमा देउवा र कोइरालाले सबैभन्दा धेरै भोट पाएका थिए । पहिलो चरणमा ४ हजार ७४३ महाधिवेशन प्रतिनधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । त्यसमध्ये ७६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । खसेको मतमध्ये देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका थिए । देउवा र कोइरालाबीचको मतान्तर ५५६ रहेको छ । पहिलो चरणमा सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत पाएका छन् ।