२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि दोस्रो चरणको मतदान हुँदैछ । दोस्रो चरणमा सभापतिका दुई उम्मेद्वार शेरबहादुर देउवा र डा शेखर कोईराला चुनावी मैदानमा रहेका छन् । मतदानका लागि अहिले मतदाताहरु लाईनमा लागेका छन् । मतदान केहीबेरमा सुरु हुने बताईएको छ ।

पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि स्पष्ट बहुमत अर्थात् ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि दोस्रो चरणमा धकेलिएको हो । पहिलो चरणमा प्रधानमन्त्री एवं निवर्तमान सभापति देउवाले २२५८ मत प्राप्त गरेका थिए ।

सभापतिका अर्का प्रत्यासी डा. कोइरालाले १७०२ मत प्राप्त गरेका थिए । भने प्रकाशमान सिंहले ३७१ र विमलेन्द्र निधिले २५० मत प्राप्त गरे भने सभापतिका पाँचौं प्रत्यासी कल्याण गुरुङले भने २२ मत मात्रै प्राप्त गरेका थिए ।

सिंह, निधि र गुरुङले शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेका छन् ।

राष्ट्रियसभागृह बाहिर प्रदर्शनीमार्गमा कांग्रेस नेता कार्यकर्ताको ठूलो भीड लागेको छ । नेपाल ल क्याम्पस अगाडिबाट प्रहरीले महाधिवेशन प्रतिनिधिलाई मात्र भित्र प्रवेश दिएको छ ।






