अन्तर्राष्ट्रिय

रावलपिण्डीमा बन्दुकधारीको आक्रमण एक प्रहरीको मृत्यु दुई जना घाइते

२८ मङ्सिर सिन्ह्वा । पाकिस्तानको पञ्जाब प्रान्तको रावलपिन्डी जिल्लामा भएको गोलीबारीमा एक प्रहरीको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका एक प्रहरी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।

मोटरसाइकलमा सवार अज्ञात बन्दुकधारीले सोमबार राति रावलपिन्डी जिल्लाको पीर वधई क्षेत्रमा गस्तीमा खटिएका प्रहरी टोलीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको रावलपिण्डीका सहायक प्रहरी उपरीक्षक बिनिश फाले जानकारी दिनु भएको छ ।

आक्रमणपछि बन्दुकधारीहरु घटनास्थलबाट भागेका अधिकारीहरुले जानकारी दिएका छन् । दुई गम्भीर घाइते प्रहरीहरुलाई जिल्लाको अस्पतालमा लगिएको छ ।

घटनाको अनुसन्धान गर्न ठूलो संख्यामा प्रहरी टोली घटनास्थल पुगेका छन् र आक्रमणकारीलाई पक्राउ गर्न खोजी अभियान सुरु गरिएको छ । अहिलेसम्म कुनै समूह वा व्यक्तिले आक्रमणको दाबी गरेका छैनन् ।