अन्तर्राष्ट्रिय

अफगान अधिकारीहरुद्वारा पूर्वी पाक्टिका प्रान्तमा विद्यालयको निर्माण पूरा

२८ मङ्सिर सिन्ह्वा । स्थानीय अधिकारीहरुले अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकाको जिरोक जिल्लामा एउटा विद्यालयको निर्माण पूरा गरेको राज्य-संचालित समाचार एजेन्सी बख्तरले मङ्गलबार जानकारी दिएको छ ।

ग्रामीण पुनस्र्थापना तथा विकास मन्त्रालयको आर्थिक सहयोग ७० लाख अफगानी रकमको लागतमा विद्यालय भवनको काम सम्पन्न भएको हो ।

त्यस्तै, उत्तरी समंगन प्रान्तमा स्थानीयवासीका लागि मनोरञ्जन पार्कको उद्घाटन सप्ताहन्तमा गरिएको समाचार एजेन्सीले जनाएको छ ।