राजनीति

दोस्रो चरणमा देउवा अत्यधिक बहुमतका सभापति बन्छन्ः सञ्चारमन्त्री कार्की

२८ मंसिर, काठमाडौं । सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रधानमन्त्री तथा सभापतिमा उम्मेदवार शेरबहादुर देउवाले दोस्रो चरणको सभापतिको निर्वाचनमा अत्याधीक मतका साथ जित्ने दाबी गरेका छन् ।

देउवालाई सभापतिका उम्मेद्वारहरु प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्यान गुरुङले समर्थन गरेपछि पत्रकारसंगको कुराकानीमा कांग्रेस नेता कार्कीले दाबी गरेका हुन् । दोस्रो चरण अन्तर्गतको मतदान अहिले जारी छ । दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोईरालाबीच प्रतिस्पर्धा भईरहेको छ । उनले सभापति देउवाले मुलुकको राजनीतिलाई सहि ट्रयाकमा ल्याएको पनि बताएका छन् ।

आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । जसमा देउवाले २२५८ मत मात्र पाएका थिए । उनलाई सभापति निर्वाचित हुन ८२ मत कम परेको थियो । दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डाक्टर शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । कोइरालाले १७४९ मत ल्याएका छन् ।