समाचार

वागमतीमा मन्त्रीपरिषद विस्तारः ५ मन्त्री र १ राज्यमन्त्री थप

२८ मंसिर, काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रीपरिषद विस्तार गरेका छन् । उनले ५ मन्त्री र १ राज्यमन्त्री थप गरेका छन् । पाण्डेले नेकपा माओवादी केन्द्रबाट ३ र नेकपा एकिकृत समाजवादीबाट दुई मन्त्री थप गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुको आज साँझ ५ वजेनै गोपनियताको सपथ गराईने छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका अनुसा माओवादी केन्द्रवाट घनस्याम दाहाल श्रम रोजगार तथा यातायात, रत्नप्रसाद ढकाल युवा तथा खेलकुद र विशाल खड्का वन तथा वातावरण मन्त्ती बनेका छन् ।

त्यस्तै एकिकेत समाजवादीका बसन्त मानन्धर खानेपानी उर्जा तथा सिँचाई मन्त्री, बसुन्धरा हुमागाँई कृषि तथा पसुपंक्षी मन्त्री बनेका छन् । भने ईन्द्रमाया गुरुङ कृषि तथा पसुपंक्षी विकाष राज्यमन्त्री बनेकी छिन् ।