राजनीति

देउवालाई शुभकामना दिँदै बाबुरामले भनेः प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन्

२९ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघिय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले दोस्रो पटक सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवालाई शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले शुभकामना दिँदै देउताको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत होस् भन्ने कामना गरेका छन् ।

साथै उनले देउवाको पालामा प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन् भनेका छन् । डा.भट्टराईले अग्रगमनकारी शक्तिबीच एकता होस् भन्ने शुभेच्छा पनि व्यक्त गरेका छन् ।

सभापति देउवा प्रतिस्पर्धी डा.शेखर कोइरालालाई ८७८ मतान्तरले पाराजित गर्दै विजयी भएका हुन् । मङ्गलबार राति सम्पन्न मतगणनामा जम्मा खसेको मत ४ हजार ६२३ मा देउवाले २ हजार ७३३ मत प्राप्त गरेका थिए भने डा कोइरालाले १ हजार ८५५ मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।