राजनीति

एकतावद्ध कांग्रेस निर्माणमा ध्यान पुगोस् भन्दै पौडेलले दिए देउवालाई शुभकामना

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले शसक्त र एकतावद्ध कांग्रेस निमार्णमा सभापतिको ध्यान जानुपर्नेमा जोड दिएका छन् । आज एक विज्ञप्ति जारी गर्दै नेता पौडेलले दोस्रो पटक सभापतिमा विजयी भएका शेरबहादुर देउवालाई शुभकामना दिँदै सबैलाई समेटेर शसक्त र एकतावद्ध कांग्रेस निमार्णमा सभापतिको ध्यान जानुपर्ने भन्दै लाकतन्त्र रक्षा र सुशासन दिन सफलता मिलोस भन्ने कामना गरेका छन् ।

उनले विज्ञप्तिामा भनेका छन् यतिबेला हामी राष्ट्रिय जिवन र पार्टी जिवनको ईतिहासकै अत्यन्तै गम्भिर मोडमा छौं । नेता पौडेलले संविधान खतरामा रहेको र नेताललाई अस्थिरता र अधोगती तिर धकेल्ने प्रपंञ्च जारी रहेको भन्दै यी दुवै संकटबाट देशलाई पार लगाउन कांग्रेस एकतावद्ध र सुदृढ हुन आवस्यक रहेको बताएका छन् ।