आर्थिक

निर्मल शर्मा र उषा खड्गी द्वारा संयुक्त रुपमा होटल ह्वाइट हाउसको उद्घाटन

२९ मंसिर, काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गी तथा बरिष्ट कलाकार निर्मल शर्मा द्वारा संयुक्त रुपमा होटल ह्वाइट हाउसको उद्घाटन गरिएको छ।  गोंगबु बिजी मलको अपोजिट रहेको सुबिधा सम्पन्न होटलको आफ्नै बिशेषताहरु रहेका छन्।

आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा हस्तकलादेखि आधुनिक उत्पादनसम्म पाइने एक मात्र होटलको रुपमा स्थापित भएको छ। २४ घण्टानै सेवा प्रदान गरिने होटल ह्वाइट हाउसमा प्रत्येक रुममा चिसो तातो पानि, फ्री वाई फाई, मिनिबार तथा आरामदायी बेडको ब्यबस्था गरिनुको साथै होटलमा रेस्टुरेन्टको ब्यबस्था गरिएको छ।

उषा होटल ह्वाइट हाउसकी ब्राण्ड एम्बेसडर पनि हुन् । होटल टुरिजमसँग सम्बन्धित रहेकोले आफू जोडिएको उनले बताइन् । यो होटलको ब्राण्ड एम्बेसडरको रूपमा अर्का हाँस्य कलाकार निर्मल शर्मा ‘गैडा’ समेत छन् । शर्माको पनि होटल पर्यटन क्षेत्रसँग जोडिएको क्षेत्र भएकोले आफू आबद्ध भएको भनाई छ । ‘पर्यटन व्यवसायले देशको सबै क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ’ शर्माले भने ‘पर्यटनको लागि आवश्यक धेरै पूर्वाधार मध्य एक होटल पनि हो ।’ होटल ह्वाइट हाउस अपार्टमेन्ट रुम र फरक अवधारणका साथ सञ्चालनमा आएकोले आफ्नो रोजाइमा परेको शर्माले सुनाए ।

बुद्ध शाहीले सञ्चालनमा ल्याएको यो होटलमा जम्मा १२ वटा रुम रहेका छन् । प्रत्येक रुममा फरक फरक इन्टिरियर डिजाइन गरिएको छ । होटलका केही रुममा अपार्टमेन्ट सिस्टममा तयार गरिएको छ । जसमा बस्ने गेस्टले आफ्नै घरमा झैँ खाना बनाएर खान सक्नेछन् । भिआइपी, एनआरएन र विदेशी पर्यटकको लागि विशेष लक्ष्य गरिएको होटलमा एक बार, एक लवी र एक स्वीट लवी पनि छ । जसमा बसेर गेस्टले आफ्ना अतिथिलाई समेत भेट्न सक्नेछन् ।

‘टिपिकल्ली नेपाली खाना र शान्त वातावरणमा गेष्टलाई खुसी पार्न होटलले विभिन्न सुविधा समेत राखेको छ’ सञ्चालक शाहीले भने ‘स्वास्थ्यलाई मध्यनजर राखेर हामीले मार्वलको ठाउँमा समेत नेपाली काठ प्रयोग गरेका छौ ।’ सौराहा, चितवन र नगरकोटपछि पछि होटल ह्वाइट हाउसको शाखा अहिले गोंगबुमा सञ्चालनमा ल्याइएको हो ।