मनोरञ्जन

गायिका पाल्मु शेर्पाको दार ठेकीको सार्वजनिक (भिडियो)

२९ मंसिर, काठमाडौं । गायिका पाल्मु शेर्पा र गायक प्रदिप लामाको युगल गायनमा समावेश दार ठेकीकोु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। नादिङ भाकाको यस गीतमा जीवन बोम्जनको शब्द रहेको छ भने अमृत लामाको संगीत रहेको छ। जोगलाल लामाले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट पर्यटकिय स्थलका रुपमा परिचित भोटेकोसी गाउँपालिकाको बगम र छगम गाउँमा भिडियोको छायांकन भएको हो। भिडियोलाई प्रकाश वाइबा तामाङले खिचेका हुन्। राज किङ वाइबाले कोरियोग्राफी गरेको यस भिडियोमा छोङ्गोपो रिञ्छेन शेर्पा र मिङ्ग्मर डोमा शेर्पा फिचर्ड छन्।

रोशन फ्युबाको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। नुमुज ब्युटी एन्ड स्किन केयरुकि सन्चालक समेत रहेकी गायिका शेर्पाले शेर्पाहरुको मौलिक भेष भुषा, संस्कृति लाई झल्काउन कोसिस गरिएको यस म्युजिक भिडियोले दर्शक स्रोताको मन जित्ने कुरामा आफु आशावादी रहेको बताएकी छिन्।

गितको भिडियोः