समाचार

दाहाल र नेपाल देशमा अस्थिरता मच्चाउन तीर लागेः अध्यक्ष ओली

२९ मंसिर, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्थिरताको संवाहकको संज्ञा दिएका छन् ।

अध्यक्ष ओलीले आज पार्टीको केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण कार्यक्रममा यस्तो बताएका हुन् । उनले मुलुकमा अस्थिरता मच्चाउन प्रचण्ड र माधव नेपाल नै लागिपरेको आरोप लगाए ।

यस्तै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अस्थिरताका लागि काम गरिरहेको बताएका छन् । ओलीले अब दाहाल र नेपालसँग एकीकरण सम्भवना नभएको पनि ठोकुवा गरेका छन् ।

ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन विद्रोही नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पाँच बुँदे सहमति गरेको दाबी गरेका छन् ।

एमालेले ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका ९ जना गरी ४४ जनालाई मनोनित गरेको हो । एमालेको विधानअनुसार केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरिएको हो ।