अन्तर्राष्ट्रिय

युरोपले बालबालिकाका लागि कोभिड खोप अभियान सुरु गरेको छ

२९ मङ्सिर एएफपी । धेरै युरोपेली राष्ट्रहरुले बुधबारदेखि कोभिड-१९ विरुद्ध पाँच देखि ११ वर्षका बालबालिकालाई खोप दिन थालेका छन् । जर्मनी, स्पेन, ग्रीस र हंगेरी साना केटाकेटीहरूलाई कोभिड-१९ विरुद्ध बुधबारदेखि खोप अभियान शुरु गरेका छन् । इयुको मेडिसिन्स वाचडगले गत महिना फाइजर-बायोटेक शटलाई पाँच देखि ११ वर्षका उमेर समूहका लागि अनुमोदन गरेको थियो ।

संयुक्त राज्य अमेरिका पहिलो ठूलो देश हो, यहाँ अहिलेसम्म पाँच देखि ११ वर्षका ५० लाखभन्दा बढी बालबालिकालाई खोप लगाइएको छ ।फ्रान्समा, गम्भीर रोगको जोखिममा रहेका पाँच देखि ११ वर्षका बालबालिकालाई मात्रै खोप स्वीकृत गरेको छ । तर सरकारले यसलाई स्वैच्छिक आधारमा सबै बालबालिकामा विस्तार गर्ने विचार गरिरहेको बताएको छ । बेल्जियम आफ्नो राष्ट्रिय स्वास्थ्य निकायको सिफारिसको लागि पर्खिरहेको जनाएको छ ।

स्विट्जरल्याण्डमा, देशको चिकित्सा एजेन्सीहरु बच्चाहरूको खोपलाई स्वीकृत दिएको छ । तर अभियान जनवरीबाट मात्र शुरु हुने बताइएको छ । बेलायतीमा अझै पनि ५-११ उमेर समूहका लागि अनुमोदन गर्ने कि नगर्ने भनेर सरकारी अधिकारीहरुले मूल्याङ्कन गरिरहेका छन् । क्रिसमस अघि नै सम्भवतः निर्णय हुने जनाइएको छ ।