२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेस १४ औँ महाधिवेशन उपसभापतिको मतगणना हुने भएको छ । सुरुको क्रममा उपसभापतिको मतगणना पछि मात्रै महामन्त्री तथा अन्य पधाधिकारीको मतगणना हुने कांग्रेस निर्वाचन समितिका सचिब केसब रिजालले जानकारी दिएका छन् । आज शुरु हुने उपसभापतिको मतगणणा सकेर भोलिबाट महामन्त्री तथा अन्य पधाधिकारीको मतगणना हुने उनले जानकारी दिए ।
नेपाली कांग्रेस १४औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा पुनः विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी शेखर कोइरालालाई ९०७ मतले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन् । पहिलो चरणको निर्वाचनमा पाँच जनामध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणको निर्वाचन भएको थियो । सभापतिको मतपरिणाम सार्वजनिक भएसँगै निर्वाचन समितिलई अन्य पदाधिकारीको मतगणनाको बाटो खुलेको छ।
नेपाली कांग्रेस १४औँ महाधिवेशनमा १४ पदाधिकारीमा सभापतिबाहेक २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र केन्द्रीय सदस्यका लागि चुनाव भएको थियो । कांग्रेस महाधिवेशन गत शुक्रबारबाट सुरु भएको हो ।





