राजनीति

डा.रिजालले भनेः पार्टीमा भाग खोज्दैनौं, तर हाम्रो विचारको प्रतिनिधित्व हुनुपर्छ

२९ मंसिर, काठमाडौं । नेपाी कांग्रेसका महामन्त्रीका उम्मेद्वार डा.मिनेन्द्र रिजालले पार्टीमा आफुहरुको बिचारको प्रतिनिधित्व हुनुपर्ने बताएका छन् ।

महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन आज काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै रक्षामन्त्री समेत रहेका रिजालले आफुहरुले संख्यामा भाग नखोज्ने तर विचारको प्रतिनिधित्व हुनुपर्ने बताएका हुन् । डा.शेखर प्यानलबाट महामन्त्रीका उम्मेद्वार बनेका उनले आफुहरुको जित भईसकेको बताएका छन् ।

सभापतिमा दोस्रो पटक विजयी भएका देउवालाई बधाइ दिँदै उनले भने, ‘जित हार महत्वपूर्ण होइन, नेपाली कांग्रेसको अनुहार कस्तो देखिन्छ, त्यो महत्वपूर्ण हो ।’ शेखर कोइरालाको काँधमा कांग्रेस पुनर्जागरण र परिवर्तनको जिम्मेवारी आएको पनि उनले बताएका छन् ।