२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेस उपसभापतिका उम्मेदवार धनराज गुरुङले १४ औं महाधिवेशनमा मतले आफुहरु हारेपनि विचारले नहारेको बताएका छन् ।
डा.शेखर कोइरालाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले निर्वाचनमा पराजित भएपनि आफूहरु फेल नभएको बताएका छन् । शेखर कोइराला प्यानलबाट उपसभापतिका उम्मेदवार उनले आफूहरु फेल नभएको र अभ्यासलाई जारी राख्ने बताएका छन् ।
साथै नेता गुरुङले नेतृत्व परिवर्तनको विरोध गर्दै सभापतिमा उम्मेद्वार दिएका प्रकाशमान सिंहले देउवालाई समर्थन गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै गुरुङले सिंहको नाम नलिएपनि भेडाको प्रतिबिम्ब प्रयोग गर्दै टिप्पणी गरेका छन् ।





