२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले आफुहरुको अधिवेशन र नेकपा एमालेको ओलिवेशन भएको बताएका छन् ।
आज काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै नेता थापाले काठमाडौंमा आफुहरुको अधिवेशन भएको र नारायणीमा ओली वेशन मात्रै भएको बताए ।
आफुहरुको अधिवेशनमा हालका प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा मत माग्दै सडकमा आएको तर ओलीले रिसोर्टमा वसेर लिस्ट निकालेको भन्दै त्यो ओली वेशन मात्रै भएको बताएका हुन् ।
साथै नेता थापाले पार्टीलाई मजबुद बनाउने कुरामा देउवासँग सहकार्य हुने तर पार्टी हितविरुद्ध हुने कार्यमा देउवा बिरुद्ध नै संघर्षमा उत्रने भन्दै सचेत गराएका छन् ।





