राजनीति

आफुलाई मतदान गर्नेलाई धन्यबाद दिँदै डा कोईरालाले भने, ‘कहिल्यै भागबण्डाको राजनीतिमा लाग्दैनौ’

२९ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आफूले काँग्रेसमा ४० प्रतिशत मत पाएको भएपनि भागबण्डाको राजनीति गर्ने पक्षमा नभएको बताएका छन् ।
आज प्रज्ञा भवन कमलादीमा काँग्रेसको १४ औं महाधिवेशनमा आफुलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरुलाई बधाई दिँदै उनले प्रधानमन्त्ती शेरबहादुर देउवा सभापति बनेकोमा बधाई दिँदै आफ्नो कुनै ब्यक्तीगत कुण्ठा नभएको बताएका छन् ।
१४ औं महाधिवेशनमा सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा बिजयी भए भने डा कोईराला १८ सय ५५ मतसहित पराजित बन्न पुगे । बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शसाँक कोईरालाले खुलेर डा शेखर कोईरालाको पक्षमा मत नमागेपनि धेरै भन्दा धेरै महाधिवेशन प्रतिनिधिको मत पाउन सफल रहेका डा कोईरालालाई सभापतिका प्रत्याशी प्रकाशमान सिंह र बिमलेन्द्र निधिले पनि दोस्रो चरणको मतदानमा शेरबहादुर देउवालाई सघाउन सम्झौता गरे ।
आज उपसभापतिका उम्मेद्वारहरु डा चन्द्र भण्डारी, धनराज गुरुङ, महामन्त्रीका उम्मेद्वारहरु डा मिनेन्द्र रिजाल र गगन कुमार थापा, सहमहामन्त्रीका उम्मेद्वारहरु, केन्द्रीय सदस्यका उम्मेद्वारहरुकाबीच आयोजना गरिएके कार्यक्रममा बोल्दै भने, ‘म पराजित भएँ । निर्वाचन भएपछि हार्छ, जित्छ यो स्वभाविक हो । मलाई कुनै कुण्ठा पनि छैन । कसले के गर्‍यो, किन गर्‍यो मेरो मनमा छैन । यो पार्टीभित्रको आन्तरिक लोकतन्त्र हो ।’
उनले अआन्तरिक प्रतिस्पर्धाबाट शेरबहादुर देउवा सभापति बनेको र त्यसलाई आफुले सहर्ष स्वीकारेको बताए ।