१ पुष, एजेन्सी । जम्मु र कश्मीरको कुलगाम जिल्लाको रेडवानी क्षेत्रमा बुधबार राति सुरक्षा बल र आतंककारीहरू बीचको मुठभेडमा दुई अज्ञात आतंकवादी मारिएको प्रहरीले जनाएको छ। हाल सुरक्षा अपरेसन चलिरहेको र घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।





