राजनीति

महामन्त्रीको ताजा मत परिणामः ३८९० मतगणना, गगन र बिश्वप्रकाश बिजय नजिक (अपडेट)

१ पुष, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको जारी मतगणनामा गगन थापा जितको नजिकै पुगेका छन् । उनले  । पार्टी कार्यालय सानेपामा विहान साढे १० बजेदेखि जारी मतगणनामा सबैभन्दा धेरै मत पाएर आफ्नो अग्रतालाई कायमै राखेका छन् ।

३८९० मत गणना हुँदा गगन थापाले सबैभन्दा बढी २५१२ मत पाएका छन् । विश्वप्रकाश शर्माले १५९७ मत पाएका छन् । प्रकाशशरण महतले १२९२, प्रदीप पौडेलले ११६१ र मिनेन्द्र रिजालले ६७९ मत पाएका छन् । विमलेन्द्र निधिको समूहका उम्मेदवार डाक्टर राजाराम कार्कीले भने ८८ मत मात्रै पाएका छन् । 

महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल तथा शेखर कोइराला प्यानलबाट गगन थापा र डा मिनेन्द्र रिजाल प्रतिस्पर्धामा रहेका छन् । त्यस्तै प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा उम्मेदवार रहँदा डा राजाराम कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ ले मतदान गरेका थिए ।