समाचार

धनराजलाई रामचन्द्रको शुभकामनाः पार्टीलाई गुटबन्दी मुक्त बनाउनु होला

१ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले उपसभापतिमा विजयी भएका धनराज गुरुङलाई बधाई दिएका छन् । नवनिर्वाचित गुरुङ नेता पौडेललाई भेट्न उनको निवास बोहराटार पुगेका थिए ।

भेटमा उपसभापति गुरुङलाई शुभकामना दिँदै पौठेलले पार्टीलाई गुटबन्दी मुक्त बनाउन सुझाव दिएका छन् । पौडेलले आफू पनि पार्टीलाई एकतावद्ध बनाएर आम चुनावमा विपक्षसँगको प्रतिष्पर्धामा अब्बल बनाउन लाग्ने बताएका छन् ।

उपसभापति गुरुङसँग आफू र निवर्तमान महामन्त्री डा.शशांक कोइरालाले पार्टीलाई एकतावद्ध बनाउने र पार्टीभित्र सदभाव कायम गरी अभियान थालिसकेको पनि जानकारी गराएका थिए । साथै पौडेलसंगको भेटमा उपसभापति गुरुङले पार्टीलाई गुटबन्दीबाट मुक्त बनाउने अभियानमा लाग्ने बचन दिएका थिए ।