राजनीति

लाखौं नेपालीका लोकप्रिय युवा नेताद्वय गगन र बिश्वप्रकाश काङ्ग्रेस महामन्त्रीमा अत्याधिक मतले निर्बाचित

१ पुस काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । महामन्त्रीमा यी दुई नियुक्त भएपनि औपचारिक निर्णय भने हुन बाँकी छ ।

महामन्त्रीका लागि ६ जनाले उम्मेद्वारी दिएकोमा गगन र विश्वप्रकाश विजयी भएका हुन् । गगन शेखर कोईराला र विश्वप्रकाश प्रकाशमान सिंह प्यानलबाट उम्मेद्वार बनेका थिए ।

शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् । भने, १९८४ मत ल्याउँदै दोस्रो स्थानमा रहेर विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा निर्वाचित भएका हुन् ।